२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पूर्वराष्ट्रपति भण्डारीको गुनासो : विधान अधिवेशनमा रोकिए पनि शुभकामना सन्देश



  • अञ्जना ढकाल
  • ४ हप्ता अघि
  • पाठक संख्या १४०
  • काठमाडौँ, भदौ २० - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को विधान अधिवेशनमा आफूलाई सहभागी हुन नदिएकोप्रति असन्तुष्टि जनाउँदै पार्टीलाई पत्र पठाएकी छन् ।

    ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको दोस्रो विधान अधिवेशनका प्रतिनिधिहरूलाई उनले शुभकामना सन्देश दिँदै आफ्नो पत्र अध्ययन गरी सुझाव दिन आग्रह गरेकी हुन् ।

    एमाले सचिवालयको बैठकले भण्डारीको सदस्यता नवीकरण नभएको कारण अधिवेशनमा सहभागी हुन नपाउने निर्णय गरेको थियो । पार्टी नेतृत्वले सदस्यता दिने वा नदिने अधिकार केन्द्रीय कमिटीको भएको भन्दै पूर्वराष्ट्रपतिलाई अधिवेशनको एजेन्डामा राख्न नसकिने जनाएको छ ।

    यसपछि भण्डारीले भिडियो सन्देशमार्फत अधिवेशन सफलताका लागि शुभकामना व्यक्त गर्दै एमाले र आफ्नो लक्ष्य एउटै भएको उल्लेख गरिन् । उनले देश विकास र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को यात्रामा सबैले मिलेर योगदान दिनुपर्नेमा जोड दिँदै भावनात्मक र संगठनात्मक एकताको आवश्यकता औंल्याइन् ।

    भण्डारीले एमालेको काँधमा ठूलो जिम्मेवारी रहेको र सो जिम्मेवारी पूरा गर्न सबै सदस्यले जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने सुझाव दिएकी छन् ।