कुवेत - कुवेतमा भर्खरै गठन भएको सामाजिक संस्था युवा शक्ति टिमले पहिलो सामाजिक अभियानका रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ।
“रक्तदान जीवनदान” भन्ने सन्देशलाई आत्मसात गर्दै संस्थाले यस अभियानमार्फत नेपाली समुदायभित्र मानव सेवा र सामाजिक उत्तरदायित्वप्रतिको भावना फैलाउने लक्ष्य लिएको हो।
संस्थाका संयोजकले बताएअनुसार हामी विदेशमा भए पनि समाजप्रतिको कर्तव्य कहिल्यै मर्न दिनुहुन्न आज हामीले दिएको एक बोतल रगतले भोलि कसैको जीवन बच्न सक्छ भन्ने भावनासहित यो अभियान सुरू गरिएको हो रक्तदान जस्तो पुण्य कार्यमा सबैको सहभागिता अपरिहार्य छ।
रक्तदानलाई केवल स्वास्थ्यकै लागि नभई मानवीय सहकार्य र परोपकारको उत्कृष्ट उदाहरणका रूपमा लिइन्छ विशेषज्ञहरूका अनुसार नियमित रक्तदानले अरूको जीवन बचाउनुका साथै दाताको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ।
युवा शक्ति टिमले नेपाली समुदायका सम्पूर्ण सदस्यलाई यो अभियानमा सहभागी भई जीवन बचाउने महाअभियानमा हातेमालो गर्न आग्रह गरेको छ संस्थाले विशेष गरी युवाहरूलाई सामाजिक चेतना फैलाउने अग्रणी शक्ति बन्न प्रेरित गर्ने उद्देश्य राखेको बताएको छ। साथै निकट भविष्यमा अन्य सामाजिक, सांस्कृतिक तथा मानव सेवामूलक कार्यक्रम पनि गर्ने प्रतिबद्धता जनाइएको छ।
मिति: – सेप्टेम्बर १२, २०२५
स्थान: जाबरिया सेन्ट्रल ब्लड बैंक, कुवेत
समय: दिउँसो २ बजेदेखि ४ बजेसम्म
सम्पर्कका लागि:
महेस लामा – 97815771
मदन चम्लागाईं – 69970058
विशाल डल्लाकोटी – 51080935
पावल राई – 56630284
युवा शक्ति टिमको सन्देश:
रगत दिनु नै जीवन दिनु हो हरेक थोपा रगत कसैको आशा बन्न सक्छ जीवन बन्न सक्छ आउँनुहोस् ‘रक्तदान जीवनदान’ महाअभियानमा एकजुट भइ योगदान गरौँ ।
प्रतिक्रिया दिनुहोस