३ असोज २०८२ शुक्रबार | 19 Sep 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

डा. सन्दुक रुइतको स्पष्ट जवाफ– सरकारलाई सहयोग गर्छु, तर मन्त्री बन्न सक्दिन



  • अञ्जना ढकाल
  • ३ दिन अघि
  • पाठक संख्या ६९
  • काठमाडौं, भदौ ३१ - प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतसँग सरकारमा सहकार्यबारे छलफल गरेकी छिन्। मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर उनले रुइतलाई आफ्नो नेतृत्वमा बनेको अन्तरिम सरकारमा सहभागी हुन आग्रह गरेकी थिइन्।

    डा. रुइतले भने सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको तर मन्त्रीको जिम्मेवारी लिन नसक्ने प्रस्ट पारे। उनले अस्पताल र बिरामीलाई छाडेर मन्त्रालयमा जान नसक्ने बताए। सञ्चारकर्मीले मन्त्रालयमा जानेबारे प्रश्न गर्दा उनले भने, “यहाँको काम छाडेर कसरी जाने? बिरामीलाई छाडेर आउन सक्दिनँ।”

    जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा डा. रुइतलाई मन्त्री बनाउने चर्चा चले पनि उनले निरन्तर रूपमा आफ्नो चिकित्सकीय पेसामार्फत नागरिकको सेवामा रहिरहने बताएका छन्।