२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपाद्वारा देशव्यापी राजनीतिक संवाद आयोजना हुने



  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या २६७
  • काठमाडौँ, कात्तिक १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन र दीर्घकालीन राजनीतिक रूपान्तरणका उद्देश्यसहित बृहत् राजनीतिक संवाद आयोजना गर्ने तयारी गरेको छ। पार्टीको सचिवालय बैठकले कात्तिक १४ गते उक्त संवाद कार्यक्रम गर्ने निर्णय गरेको हो।

    महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार संवाद कार्यक्रमको संयोजन उपसभापति तथा उच्चस्तरीय संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेले गर्नेछन्।

    रास्वपाले पछिल्ला राजनीतिक परिवर्तनपछि देशमा देखिएका अवसर र चुनौतीहरूको मूल्यांकन गर्दै समान सोच भएका राजनीतिक शक्ति, स्वतन्त्र अभियन्ता र युवाहरूमाझ सहकार्यको आवश्यकता औंल्याएको छ। पार्टीले यसअघि पनि विभिन्न राजनीतिक दल र व्यक्तिहरूसँग चरणबद्ध संवाद गर्दै आएको थियो।

    महामन्त्री बुर्लाकोटीले भने, “प्रवासी र स्वदेशी नेपाली जनताले आशा राखेका नयाँ राजनीतिक शक्तिहरूबीच यदि सहकार्य नहुँदा, देश पुनः पश्चगमनतर्फ धकेलिन सक्ने जोखिम छ। त्यसैले रास्वपाले खुला छलफलमार्फत साझा राजनीतिक दृष्टिकोण बनाउने प्रयास थालेको हो।”

    रास्वपाका अनुसार आगामी संवादमा नयाँ पुस्ताका प्रतिनिधि, स्वतन्त्र विचारक, नागरिक अभियन्ता र राजनीतिक समूहका सदस्यहरू सहभागी हुनेछन्। पार्टीले यो संवादलाई दीर्घकालीन सुशासन र मुलुकको रूपान्तरणतर्फको एउटा महत्त्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।