२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपालमा अमेरिकाको भिसा आवेदनमा अब धरौटी अनिवार्य



  • एजेन्सीको सहयोगमा
  • ७ महिना अघि
  • पाठक संख्या २४१
  • काठमाडौं, पुस २३ – अब नेपाली नागरिकले अमेरिकाको बी-१/बी-२ (पर्यटक/व्यावसायिक) भिसा आवेदन गर्दा धरौटी राख्नुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले जनवरी २१ देखि लागू हुने गरी नेपाललाई पनि ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश गरेको छ।

    नयाँ नियमअनुसार, भिसा आवेदन दिने नेपालीहरूले न्यूनतम ५ हजार अमेरिकी डलरदेखि अधिकतम १५ हजार डलर धरौटी राख्नुपर्नेछ। धरौटी रकम अमेरिकी सरकारको आधिकारिक पोर्टलमार्फतै जम्मा गर्नुपर्ने छ र कुनै पनि तेस्रो पक्ष वा एजेन्ट मार्फत रकम बुझाउन हुँदैन।

    धरौटी रकम फिर्ता पाउनका लागि आवेदकले अमेरिकी भिसाको म्याद नाघ्नु नहुने, तोकिएका ३ विमानस्थलमार्फतै अमेरिका प्रवेश र बहिर्गमन गर्ने, र भिसाको नियम उल्लंघन नगर्ने शर्त पूरा गर्नुपर्नेछ। तोकिएका विमानस्थलहरूमा न्यूयोर्कको जोन एफ. केनेडी अन्तर्राष्ट्रिय, वासिङ्टन डिसीको वासिङ्टन डलेस, र बोस्टनको लोगन अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन्।

    अमेरिकी विदेश मन्त्रालयका अनुसार, यस पाइलट प्रोग्रामको उद्देश्य ती देशका नागरिकलाई लक्षित गर्नु हो, जसले अमेरिका पुगेपछि आफ्नो निर्धारित समयमै फर्कँदैनन्। नेपालसँगै बंगलादेश, भुटान, नाइजेरिया र भेनेजुएला सहित ३८ देशहरू अहिले यो सूचीमा रहेका छन्।