१३ बैशाख २०८३ आईतबार | 26 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ट्रम्पको दाबी : इरानका सर्वोच्च नेता अली खामेनी मारिए, तेहरानले गर्‍यो खण्डन



  • एजेन्सीको सहयोगमा
  • २ महिना अघि
  • पाठक संख्या ११८
  • काठमाडौं, फागुन १७ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानका सर्वोच्च नेता अली खामेनी अमेरिकी–इजरायली संयुक्त आक्रमणमा मारिएको दाबी गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो जानकारी सार्वजनिक गरेका हुन्।

    ट्रम्पका अनुसार तेहरानमा गरिएको आक्रमणमा खामेनी मारिएका हुन् र यसलाई उनले “न्याय भएको” टिप्पणीसमेत गरेका छन्। उनले यसअघि दिएको एक अन्तर्वार्तामा पनि इरानको नेतृत्व तहका “धेरै व्यक्ति हटिसकेको” दाबी गरेका थिए। अमेरिकासँग इरानको सम्भावित नयाँ नेतृत्वबारे पर्याप्त जानकारी रहेको उनको भनाइ थियो।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू Reuters, Fox News र Al Jazeera लगायतले पनि इजरायली उच्च अधिकारीलाई उद्धृत गर्दै खामेनी मारिएको अपुष्ट समाचार सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएका स्याटेलाइट तस्बिरहरूमा तेहरानस्थित खामेनीको निवास परिसरमा ठूलो क्षति पुगेको देखिएको उल्लेख गरिएको छ।

    यता इरान सरकारले भने उक्त दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। इरानका विदेशमन्त्री अब्बास अराघची ले एक टेलिभिजन अन्तर्वार्तामा खामेनी “सुरक्षित र स्वस्थ” रहेको बताएका छन्। साथै, सर्वोच्च नेताको कार्यालयले पनि यस्तो समाचारलाई “मानसिक युद्ध” को संज्ञा दिएको छ।