४ बैशाख २०८३ शुक्रबार | 17 Apr 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान तीव्र



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ६८
  • काठमाडौं, चैत १७ - काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

    रिजालमाथि गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा दमन गरेको आरोप लागेको छ। उक्त समयमा उनी काठमाडौंका सीडीओका रूपमा कार्यरत थिए।

    आन्दोलनपछि उनको भूमिकामाथि आलोचना बढेपछि उनी एक महिनाभित्रै पदबाट बाहिरिएका थिए। उनी तत्कालीन गृहमन्त्री रमेश लेखक निकट मानिन्थे।

    गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई कारबाही गर्न सिफारिस गरेको थियो। सोही आधारमा यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखक पनि पक्राउ परिसकेका छन्।

    रिजालमाथि प्रशासन महाशाखा प्रमुख हुँदा कर्मचारी सरुवामा अनियमितता र भ्रष्टाचारसम्बन्धी अनुसन्धान पनि भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।