२२ असार २०८३ सोमबार | 06 Jul 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री बालेन्द्र शाहले भने - उपयुक्त समयमा संसद् आउँला



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ९८
  • काठमाडौं, जेठ ७ - प्रधानमन्त्री बालेन्द्र शाहले संसद् उपयुक्त समयमा उपस्थित भई सांसदहरूको प्रश्नको जवाफ दिने बताएका छन्। यो जानकारी सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपलब्ध गराएका छन्।

    प्रतिनिधिसभामा विपक्षी दलहरूले लगातार प्रधानमन्त्रीको उपस्थिति खोजिरहेका छन्। प्रधानमन्त्री अनुपस्थित रहँदा विपक्षी दलले नाराबाजी गर्दै संसद् अवरुद्ध गर्ने प्रयास गरेपछि, सभामुख अर्याल सिंहदरवारमा पुगेर प्रधानमन्त्रीसँग भेटेका थिए। भेटमा प्रधानमन्त्रीले सभामुखलाई ‘उपयुक्त समयमा संसद् आउँला र सांसदहरूको जवाफ दिउँला’ भनेर जानकारी दिएका थिए।

    प्रधानमन्त्रीको अनुपस्थिति भए पनि प्रतिनिधिसभामा कामकाज रोकिएन। विपक्षीको नाराबाजीबीच संसद्ले वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि दफावार छलफल प्रस्ताव गरेपछि सभामुखले प्राप्त संशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गरे।

    त्यसैगरी, विपक्षीको नाराबाजीबीच प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक माथि विचार गर्नुपर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।

    प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १२ गतेका लागि तय गरिएको छ।