फागुन २०, चौतारा । सिन्धुपाल्चोकमा हाईभोल्टेले बाख्रा फाममा आगोलागी हुँदा झण्डै डेड करोडको क्षति भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० लब्सेमा विष्णु मायाँ गिरीले सञ्चालन गरेको विष्णु एग्रो फाममा गएराती करिब १ बजे विद्युत हाईभोल्टेज आई विद्युत सर्ट भएर आगोलागी हुँदा बाख्रा फाम पूर्णरुपमा नष्ट भएको स्थानीयले बताएका छन् । उक्त फाममा करिब दुईसय जति बाख्रा जलेर मरेको स्थानीयको भनाई छ
यसैबीच जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरिक्षक सन्जिब कुमार यादवले दिएको जानकारी अनुसार गएराती करिब १ बजेको समयमा जिल्ला सि.पा.चौतारा साँगाचोकगढी न.पा. १० लप्से स्थीत बिष्णुमाया गिरीको काठ, फलाम र जस्ताले बनेको २ तले गोठ (बिष्णु एग्रो फार्म प्रा.लि.) मा करेन्ट सर्ट भई आगलागी हुदा सोहि गोठमा रहेको दुई सय वटा मध्ये २४ वटा घाईते अबस्थामा रहेको अन्य सबै बाख्रा जलेर मरेको हो । बाख्रा गोठ समेत पूर्ण रुपमा जलि नष्ट भएको छ । स्थानीयको सहयोगमा प्रहरीले आगो निभाउने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयको भनाई छ । उक्त स्थानमा साँगचोक प्रहरी चौकिबाट प्रहरी सहायक निरिक्षको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिएको जनाएको छ । उक्त स्थान चौकिबाट ४ कि.मी माथि छ । क्षतिको बिबरण खुल्न बाँकि रहेको प्रहरीको भनाई छ ।
स्थानीयका अनुसार विष्णु एग्रो फार्म नाम गरेको उक्त फाम वैदेशिक रोजगारबाट फर्किएका विनोद खड्काले सञ्चालन गरेका थिए ।
एक्कासी हाईभोल्टेज आएर करेन्ट सर्ट भई आगोलागी हुँदा करिब आधा घण्टाको बीचमा आगोमा जलेर १ सय ७५को संख्यामा बाख्रा मरेका छन् । फाम पूर्ण रुपमा नष्ट भएको स्थानीयले जनाएका छन् । लामो समय वैदेशिक रोजगारीमा गएर फर्किएका विनोद खड्काले करिब एक करोड लगानी गरेर बयर जातका बाख्रा फाम सञ्चालन गरेका थिए । आधुनिक तरिकाले खोर बनाएर दुई तलामै उनले बाख्रा हालेका थिए ।
उनको खोरमा एउटै बयर जातका बोका तथा बाख्रालाई डेडलाख दुईलाख सम्म मूल्य तिरेर ल्याएका थिए । तर एक्कासी आगोलागी भएर यति ठूलो क्षति भएपछि उनी निकै चिन्तित देखिएका छन् । बाख्रा फाम सञ्चान गरेर आगेलागी भएको सम्भव त यो जिल्लाकै सबैभन्दा ठूलो घटना भएको बताईन्छ ।
प्रतिक्रिया दिनुहोस