८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रहरी घेरामा भत्काइँदै वीरेन्द्रनगरको सार्वजनिक जमिनका संरचना



  • सिमोन भट्टराई
  • ९ महिना अघि
  • पाठक संख्या २१७
  •  वीरेन्द्रनगर-३० फागुन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक जमिनमा रहेका संरचना भत्काउन फेरि सुरू गरेको छ । बुधबार बिहान डोजर चलाएपछि व्यवसायीहरुले ढुङ्गामुढा प्रहार गरेका थिए ।

    यसअघि व्यवसायीहरूले आफूहरूलाई उचित विकल्पसहित अर्को ठाउँ दिनुपर्ने वा थप दुई वर्ष समय थप्नु पर्ने माग राख्दै आएका थिए । सुरुमा प्रतिकारमा उत्रिएका व्यवसायीले पछि सामान सारेका थिए ।

    नगरपालिकाले सार्वजनिक क्षेत्रका अस्थायी संरचना हटायर सो क्षेत्रको करिब साढे दुई बिघा सार्वजनिक जग्गामा पार्किङ क्षेत्र लगायका अन्य संरचना बनाउन लागेको मेयर ढकालले बताइन् । ‘हामीले सहरी योजनाअन्तर्गत सार्वजनिकस्थल बनाउन खोजेका छौं । व्यवस्थित पार्किङ क्षेत्र लगायका अन्य संरचना बनाउँछौं,’ उनले भनिन् ।

    व्यवसायीलाई हटाएर शहरलाई व्यवस्थित बनाउने योजना निरन्तर कार्यान्वयनमा रहेको उनले बताइन् । नगरले डोजर चलाएपछि उक्त क्षेत्रमा १२५ जना साना व्यवसायीहरू विस्थापित हुनेछन् । ५० को दशकयता ती व्यवसायीहरू भाडामा जमिन प्रयोग गरेर संरचना बनाएर व्यवसाय गरिरहेका थिए ।

    व्यवसायीको ढुंगामुढापछि केही समय पछि हटेको नगरपालिकाले प्रहरीको सुरक्षा घेराबीच सार्वजनिक क्षेत्रका अस्थायी संरचना भत्काउन सुरू गरेको हो ।

    प्रदेश राजधानी वीरेन्द्रनगर–६, स्थित हटियालाइन, हङकङ बजार र गोदामलाइन क्षेत्रमा उपत्यका नगर विकास समिति मातहत रहेका सार्वजनिक क्षेत्रका अस्थायी संरचना हटाउन नगरपालिकाले डोजर जलाएको छ ।

    नगरपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिए पनि व्यवसायीहरूले अटेर गरेपछि नगरपालिका डोजर चलाउन बाध्य भएको मेयर मोहनमाया ढकालले जानकारी दिइन् ।

    हामीले सार्वजनिक क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुलाई ठाउँ खाली गरिदिन दुईपटक सूचना जारी ग¥यौं । उहाँहरुले मागे अनुसारको समय पनि दियौं । त्यति गर्दापनि अटेर गरेपछि बाध्य भएर डोजर चलायौं,’ मेयर ढकालले भनिन् ।