२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

झापाको पृथ्वीनगरमा आफ्नै साथीले गरे युवकको हत्या



  • सिमोन भट्टराई
  • २ बर्ष अघि
  • पाठक संख्या ५४५
  • झापा : झापाको पृथ्वीनगरमा धारिलो हतियार खन्ती प्रहार गरी एक युवकको हत्या गरिएको छ। साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राईको हत्या गरिएको हो। 

    सनमको हत्या उनकै साथी अन्दाजी २५ वर्षीय लोकबहादुर राईले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटना आज बिहान ५ बजेको हो। 

    लोकबहादुर र सनम साथी हुन्। लोकबहादुर गएराति सनमको घरमा गएर सुतेका थिए। सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी लोकबहादुरले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या गरी लोकबहादुर घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। हत्याको कारण भने नखुलेको प्रहरीले जनाएको छ।