९ पुष २०८१ मंगलबार | 24 Dec 2024 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जेल अनुभवलाई योग्यता मान्ने नेतालाई रविको चेतावनी, राम्रो अनुसन्धान भए फेरि जेल नसिब हुनसक्छ



  • सिमोन भट्टराई
  • ९ महिना अघि
  • पाठक संख्या ३२०
  • काठमाडौँ - राष्टिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जेल बसेको विषयलाई राजनीतिक उपलब्धी मानेर जनताले भोट हाल्न नहुने बताएका छन् । इलामा क्षेत्र नम्बर २ मा उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै सभापति लामिछाने नेताको योग्यता जेल बसेको अनुभवले नभएर काम गर्ने तत्परता र क्षमताका आधारमा तय हुनुपर्ने बताएका हुन् । 

    जेल बसेको अनुभवलाई राजनीतिक योग्यता मान्ने नेता तथा कार्यकर्ताहरुलाई लक्षित गर्दै सभापति लामिछानेले भने, ‘राजनीतिमा कति वर्ष कटाउने हो मलाई मतलव छैन । जेलमा कति वर्ष बिताउनुभयो मलाई थाहा छैन । अली राम्रोसँग अनुसन्धान गरे फेरि जेल जाने योग देखेको छु ।’ 

    उम्मेदवार मिलन लिम्बु तथा सदनमा पुगेका अन्य सांसदहरुको नाम लिदै लामिछानेले भने, ‘योग्य मान्छेलाई सदनमा लिएर जाने हो । जेलै परेको कुरालाई नै ठूलो कुरा मान्नुहुन्छ भने फेरि तयार हुनुहोस् । धेरै फाइलहरु खुल्दा तपाईँको प्यारो जेल तपाईँहरुलाई फपेरि नसिब हुनसक्छ । जेल जानुमात्र आफैँमा ठूलो गुण होइन । जेल पठाउने आँट बोकेर पनि राजनीति गर्न सकिन्छ भन्ने आँट साहस र विश्वासका साथ इलाम झरेका छौँ । इलाममा हामीले साँच्चै नै अकबरे उम्मेदवार लिएर आएका छौँ ।’

    साथै लामिछानेले यो देशमा लामो समयदेखि तानातानर हानाहानको राजनीति चलेको र त्यसको अन्त्यको लागि आफूहरु मैदानमा उत्रिएको बताएका छन् । ‘धेरै वर्ष यो देशमा तानातानको राजनीति चल्यो, हानाहानको राजनीति चल्यो । सिद्धान्त छाँट्ने राजनीति चल्यो । विकास गफमा सिमित भयो । तर मैदानमा चुनावका बेला मात्र चहलपहल चल्यो । चुनाब पछाडी मानिस हराउने राजनीति चल्यो । त्यसैबाट आजित भएर हामी यो मैदानमा उभिएका हौँ । त्यसैबाट हैरान भएर राजनीति नगरेपनि हुने मान्छेहरु हामी राजनीतिमा आएका हौँ ।’ लामिछानेले भने, ‘एउटा पुस्ताले त्याग नगरी देश बन्दैन हामी त्याग गर्न आएका हौँ । जति गाली गर्नुस्, जति चरित्र हत्या गर्नुस्, जतिसुकै दुख दिनुस् । एक पटक यो देशमा योग्य मानिसहरु लिएर जाने हो । यो संसदमा होनहार युवाहरुलाई लिएर जाने हो ।’