८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

इलामको पाथिभरा मन्दिरको आम्दानी जेठ महिनामा ११ लाख



  • सिमोन भट्टराई
  • ६ महिना अघि
  • पाठक संख्या ४१०
  • कोशी - इलामको रोङ गाउँपालिका–३ स्थित पाथिभरा मन्दिरमा एक महिनामा ११ लाख रुपैया भन्दा बढि संकलन भएको छ । पाथिभरा मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले सार्वजनिक गरेको आर्थिक विवरण अनुसार जेठ १ गतेबाट ३२ गतेसम्म ११ लाख ४३ हजार ३७ रुपैया बराबरको नगद, गोप्य दान, शुभ विवाह, शिला र जिन्सीबाट संकलन भएको हो ।

    मन्दिरमा जेठ महिनाको पछिल्लो १६ दिनको अवधिमा सवैभन्दा बढि जेठ १९ गते ९९ हजार ९ सय ७७ संकलन भएको छ । सवैभन्दा कम १० हजार १५ रुपैया संकल नभएको देखिन्छ । सचिव एगा अर्यालले सार्वजनिक गरेको विवरण अनुसार नगद १० लाख ७३ हजार ५ सय ३७ रुपैया रहेको छ । जसमा पाथिभरा मन्दिरमा ९ लाख ६५ हजार ७ सय ४४ रुपैया नगद रहेको छ । त्यसैगरी शिद्धदेवी हासपोखरी मन्दिरमा शिला रकम ६१ हजार ९ सय ८९, दानपेटिकामा ४५ हजार ७ सय २४, अनुमानित जिन्सी ६९ हजार ५ सय रहेको छ ।

    गाउँपालिका अध्यक्षमा मनिकुमार स्याङ्बो निर्वाचित भएपछि २०७९ सालमा मन्दिरको व्यवस्थापन समिति परिर्वतन गरेर गाउँपालिकाको स्वामित्वमा ल्याएर दिलिप राईलाई अध्यक्षको रुपमा जिम्मेवारी दिइएको थियो । छुट्टै एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अब गाउँपालिकामा रहने गरी ल्याउन लामो समयदेखि पहल भइरहेको थियो । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी गाउँसभाबाट २०७९ माघ ११ गते पारित गरेको थियो ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार कार्यविधि बनाइ जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिर गाउँपालिकाको स्वामित्वमा ल्याएको हो । राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैरसरकारी संस्था, चन्दादाता, शिक्षक र प्रत्येक वडाबाट एक एक जना गरी १९ सदस्यीय समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिइएको छ । बर्सेनि पाँच लाख भक्तजन भित्र्याएर एक करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य गाउँपालिकाको छ ।