काठमाडौं - सहकारी ठगीमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङ र उहाँकी पत्नी ज्योती गुरुङको समेत संलग्नता रहेको तथ्य खुलेको छ ।
सहकारी छानविन बिशेष समितिले एक जना सहकारी सञ्चालकसँग बयान लिएपछि कांग्रेस उपसपभापति एवं पूर्वमन्त्री धनराज र उहाँकी पत्नी ज्योती गुरुङले ठगी गरेको उजुरी प्राप्त भएपछि यो बिषय बाहिर आएको हो ।
ज्योतीबिरुद्ध ललितपुरको महालक्ष्मीमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरा (सिआइबी) मा उजुरीसमेत दर्ता गरेको तथ्य फेला परेको छ । अध्यक्ष कुम्भराजले सिआइबीमा धनराज र पत्नी ज्योतीबिरुद्ध सिआइबीमा आर्थिक अपराध ठगीमा जाहेरी दिनुभएको हो ।
जाहेरीमा धनराज र पत्नी ज्योतीले १४ करोड ८१ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ । सो रकम धनराज दम्पत्तिले ज्योतीकुमार भण्डारीलाई बैंकक पठाएको तथ्यसमेत बाहिर आएको छ । सहकारीका अध्यक्ष कम्भराजका अनुसार धनराज पत्नी ज्योतीले सो रकम ठगी गर्नुभएको हो ।
धनराज आफै साँक्षी बसेर रकम ठगीमा सघाएको उहाँको भनाई छ । सहकारीको रकम ठगी गरेपछि ज्योतीले आफूले चलाउँदै आएको मोबाइलसमेत बन्द गर्नुभएको छ । जनताटाइम्स डटकमले ज्योतीसँग बुझ्न उहाँको मोबाइल नम्बर ९८५१०७७३९४ मा पटक पटक सम्पर्क गर्दा ‘माफ गर्नुहोला, हाललाई यो नम्बर बन्द गरिएको छ’ भन्ने जवाफ पाइयो । यस्तै अर्काे नम्बर ९८०३१६७१७० पनि सम्पर्क हुन नसक्ने बनाएर राखिएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस