८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चीनमा पत्ता लाग्यो किर्नाको टोकाइबाट सर्ने खतरनाक भाइरस

किर्ना को टोकाइ बाट सर्ने नयाँ भाइरस वेटल्याण्ड भाइरस



wetland virus tick
  • क्वालिटी खबर
  • ३ महिना अघि
  • पाठक संख्या ११२
  • चीनमा नयाँ भाइरस वेटल्याण्ड भाइरस पत्ता लागेको छ,जुन टिक अथवा किर्ना को टोकाइबाट सर्छ । 

    यो भाइरस पहिलो पटक २०१९ मा चाइनाको जिन्जाउ सहार  मा किर्नाले टोकेपछि पत्ता लागेको थियो। किर्ना को टोकाइ बाट सर्ने यो रोग सर्बपर्थम 61 बर्सिया पुरुसमा देखियको थियो ।  उनि किर्नाले टोकेको ५ दिन पछी बिरामी परेका थिय । यो भाइरसले मानिसहरूमा ज्वरो आउने,टाउको दुख्ने, चक्कर आउने, र बान्ता हुने  जस्ता गम्भीर लक्षणहरू देखाउँछ। यसले मस्तिस्कमा पनि असर पर्न सक्ने अनुमान लागाइयको छ । 

    उक्त रोग पत्ता लागेपछि अनुसन्धान कर्ताहरुले यसमाथि गहिरो खोज अनुसन्धान गरे । उनिहरुले उत्तरी चीनमा लगभग १४०० भन्दा बढी किर्ना हरु संकलन गरि त्यसको जांच गरायका थिय जसमा करिब  २% मा उक्त भाइरस भेटियको थियो । बेलाबी भाइरस घोडा सुँगुर  भेडा र ट्रान्स बाइकल जोको भन्ने प्रजातिको मुसामा पनि पाइन्छ ।  किर्नाले टोकेको हरु मा थप परिक्षण गर्दा २० जना उक्त भाइरस बाट संक्रमित देखियका थिय ।  चिन को खानपान तथा प्रयोगशाला हरु बाट यस्ता गम्भीर खालको धेरै रोग हरु फैलेने गरेको छ । 

    यस अघि चिनको युहान बाट आयको कोरोना भाइरसले विश्वभर लाखौ मानिसको ज्यान लियको थियो भने त्यसलाई रोक्न लकडउन नै गर्नु परेको थियो।कोरोना ले देशको आर्थिक अबस्था पनि निकै कम्जोर बनाएको थियो  ।  छिमेकी रास्ट्र चिनमा आएको यस वेटल्याण्ड भाइरस नेपालमा पनि छिटै आउन सक्ने सम्भाबना पनि रहेको छ   । 

    यस्ता गम्भीर बिषयमा नेपाल सरकार कहिले पनि चनाखो नहुने र जब समस्या आउछ तब मात्र समाधान तर्फ अगाडी बढ्ने बानि ले गर्दा नेपालि जनता सधै मार मा पर्ने गरेका छन । कोरोना को महामारी ले पुरा विश्वलाई नै असर गरेको छ भने अहिले पनि धेरै संख्या मा यसको बिरामी हरु छन् ।  यस वेटल्याण्ड भाइरस बढेपछी उच्च सतर्कता अपनाउन जरुरी छ नत्र यो भाइरस ले पनि कोरोना ले जस्तै जस्तै बिकराल रुप लिन सक्छ ।