विश्वविख्यात तबलावादक उस्ताद जाकिर हुसैनको ७३ वर्षको उमेरमा अमेरिकाको सान फ्रान्सिस्कोमा निधन भएको छ। उनको निधन सोमबार बिहान अस्पतालमा भएको हो।
भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सका अनुसार हुसैनको निधन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस नामक फोक्सोको गम्भीर रोगका कारण भएको हो। उनी दुई हप्तादेखि सान फ्रान्सिस्कोको अस्पतालमा उपचाररत थिए। स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो।
जाकिर हुसैनको जन्म १९५१ मार्च ९ मा भएको थियो। उनका पिता अल्लाहरक्खा कुरैशी पनि प्रख्यात तबलावादक थिए। जाकिरले पिताको पथलाई निरन्तरता दिँदै तबलावादनमा विश्वभर ख्याति कमाए।
उनलाई १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्मविभूषणले सम्मानित गरिएको थियो। यी सम्मानका अतिरिक्त उनले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेका थिए।
हुसैनका श्रीमती र दुई छोरी छन्।
प्रतिक्रिया दिनुहोस