८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जापानमा दोस्रो विश्वयुद्धमा फ्याँकेको बम अहिले पड्कियो

जापानको मियाजाकी विमानस्थलमा दोस्रो विश्वयुद्धका बेला अमेरिकाले फालेको ५०० पाउन्ड तौलको बम विष्फोट भएको छ।



bomb
  • एजेन्सीको सहयोगमा
  • ८ महिना अघि
  • पाठक संख्या १६७
  • जापानको मियाजाकी विमानस्थलमा दोस्रो विश्वयुद्धका बेला अमेरिकाले फालेको ५०० पाउन्ड तौलको बम विष्फोट भएको छ। यो घटना बुधबार दक्षिण पश्चिम जापानको मियाजाकी विमानस्थलमा भएको हो।

    बम विष्फोट हुँदा आसपासमा कुनै विमान थिएन, तर ट्याक्सी हिँड्ने बाटोमा विष्फोट हुँदा ७ मिटर व्यास र १ मिटर गहिराइको खाल्डो बनेको छ।विष्फोटको कारण विमानस्थलमा ८० भन्दा धेरै उडान रद्द गरिएको छ।

    मन्त्री परिषद्का मुख्यसचिव योशिमासा हायाशीले बम विष्फोट भए पनि थप खतरा नरहेको बताए। अनुसन्धानपछि यो बम अमेरिकाले दोस्रो विश्वयुद्धको समयमा फ्याँकेको पुष्टि भएको छ। 

    मियाजाकी विमानस्थल सन् १९४३ मा जापानी हवाई सेनाको तालिम क्षेत्रको रूपमा निर्माण गरिएको थियो, र रक्षा मन्त्रालयका अनुसार जापानभर अझै पनि विश्वयुद्धका समयमा फ्याँकिएका विस्फोट नभएका बमहरू धेरै स्थानमा पुरिएका छन्।