८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रविन्द्र मिश्रलाई सर्वोच्चको आदेशपछि अदालतमा पेस

कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले उनलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो।



  • अञ्जना ढकाल
  • ७ दिन अघि
  • पाठक संख्या ८५
  • काठमाडौँ, १ जेठ – राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। बिहीबार सर्वोच्च अदालतको आदेश अनुसार उनलाई अदालतमा उपस्थित गराइएको हो।

    मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेको रिटमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै मिश्रलाई अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो।

    गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले रविन्द्र मिश्र, दुर्गा प्रसाईं लगायतलाई पक्राउ गरेको थियो।

    प्रहरीले मिश्रविरुद्ध राज्यद्रोह, सङ्गठित अपराध र आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।