असोज महिनामा नेपालले ऋण भुक्तानीको रकम बढाएर आफ्नो कुल ऋण घटाएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका तथ्याङ्क अनुसार असोज मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। यो भदौ मसान्तको तुलनामा ५ अर्ब ५८ करोड रुपैयाँले कम भएको हो।
असोज महिनामा नेपाल सरकारले ३२ अर्ब २७ करोड रुपैयाँ बराबरको नयाँ ऋण लिएको छ, जसले चालु आर्थिक वर्षको ३ महिनामा लिएको कुल ऋण १ खर्ब ३६ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ। यस वर्षको कुल ऋण लिने लक्ष्य ५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको छ, जसमध्ये आन्तरिक ऋणतर्फ १ खर्ब १५ अर्ब र बाह्य ऋणतर्फ २१ अर्ब ३२ करोड रुपैयाँ लिइएको छ।
यसैगरी, असोज मसान्तसम्म ८३ अर्ब ७ करोड ८१ लाख रुपैयाँ बजेट खर्च भएको छ, जबकि भदौ मसान्तसम्म ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ मात्र खर्च भएको थियो।
प्रतिक्रिया दिनुहोस