८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेलाई पुनः म्याद थपका लागी आज अदालतमा पेस गरिदै

रवि लामिछानेलाई हिरासत अवधि थप गर्न आज अदालतमा पेस गरिने भएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १२७
  • पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासत अवधि थप गर्न आज अदालतमा पेस गरिने भएको छ। सोमबार ५ दिनको म्याद सकिएपछि थप ४ दिनका लागि अनुमति माग गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

    सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि उनलाई पुस ५ सम्म हिरासतमा राख्नुपर्ने भन्दै सरकारी वकिल कार्यालयले सोही दिन अभियोगपत्र दायर गर्ने तयारी गरिरहेको छ।

    पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको मितिलाई आधार मानेर लामिछानेलाई अनुसन्धानका लागि समय मिलान गरिएको प्रहरीले जनाएको छ। जोशी पक्राउ परेको दिनबाट गणना गर्दा पुस ५ मा अनुसन्धानका लागि ९० दिन पुग्नेछ।

    अनुसन्धानका लागि पुस ५ सम्मको समय सुनिश्चित गर्न अदालतबाट अनुमति माग गरिने प्रहरी स्रोतले जनाएको छ।