कास्की - सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ। कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार लामिछानेलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति मागिएको हो।
पुस ५ मा सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध अदालतमा अभियोजन गर्ने तयारी गरेको छ। अभियोजन अघि गैरकानुनी थुनामा राख्न नमिल्ने प्रावधानका कारण उनलाई हिरासतमा राख्न अदालतको अनुमति लिन लागिएको हो।
सोमबार प्रहरीले लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। उनी कार्तिक २ गते काठमाडौंको वनस्थली क्षेत्रबाट पक्राउ परेका थिए। सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीसहित ५ जना अहिले थुनामा रहेका छन्।
प्रतिक्रिया दिनुहोस