८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भाले धेरै बासेको कारण सुत्न नदिने आरोप लगाई छिमेकी द्वारा मुद्दा दायर

फ्रान्समा एक भाले बासेको कारण छिमेकीबीचको विवाद अदालतसम्म पुगेको छ।



Bhale
  • एजेन्सीको सहयोगमा
  • २ महिना अघि
  • पाठक संख्या ८८
  • फ्रान्समा एक भालेको बासेको कारण छिमेकीबीचको विवाद अदालतसम्म पुगेको छ।

    बोरगोइँ जालियूँ गाउँका रिको नामका भालेको मालिक फ्रांकविरुद्ध छिमेकीले "भालेको बासेको आवाजले सुत्न नदिने, एकाग्रतामा समस्या पार्ने र कान दुख्ने" आरोप लगाएर मुद्दा दायर गरेका छन्। 

    फ्रांकले भालेको खोरमा अटोमेटिक सिस्टम राखेको र बिहान ८ बजे जाडोमा र ९ बजे गर्मीमा खोर खोलिने बताएका छन्। उनका अनुसार रिकोले दिनमा करिब १५ पटक बास्छ। तर, छिमेकीले रिकोको बासेको आवाजले उनीहरूलाई बगैंचामा आराम गर्न र राम्ररी सुत्न बाधा पुगेको गुनासो गरेका छन्। 

    यो मुद्दाको सुनुवाइ आगामी वर्षको जनवरीमा हुने भनिएको छ। यो मुद्दाले धेरैको ध्यान खिचेको छ, र रिकोको समर्थनमा सामाजिक सञ्जालमा फेसबुक पेजसमेत खोलिएको छ। यसमा धेरै फलोअर्सले रिकोलाई बासिराख्न प्रेरित गरेका छन्। 

    फ्रान्समा यस प्रकारका विवाद अदालतसम्म पुगेको यो तेस्रो पटक हो, जसले ग्रामीण र शहरी जीवनबीचको सांस्कृतिक अन्तरलाई उजागर गर्छ।