नेकपा (एमाले) ले लुम्बिनी प्रदेशमा मंसिर १६ गते हुने उपचुनावका लागि आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ। लुम्बिनी प्रदेशका ६ स्थानीय तहका रिक्त पदहरूमा हुने उपचुनावका लागि उम्मेदवारहरू तय गरिएको एमाले लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिइन्।
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन र सोही पालिकाको वडा नम्बर २ को अध्यक्षमा जीवन रोका मगरलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
गुल्मीको मुसीकोट नगरपालिका–१ को अध्यक्ष पदमा दलबहादुर थापालाई, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्षमा बिष्णुप्रसाद देवकोटालाई, कपिलवस्तुको शुद्धोधन नगरपालिका–१ को अध्यक्षमा अब्दुल मोजिम खाँलाई, र रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडाध्यक्षमा बेगम पुनलाई एमालेले उम्मेदवार बनाएको छ।
यस वर्षको उपचुनावमा लुम्बिनीसहित विभिन्न प्रदेशका स्थानीय तहमा ४४ रिक्त स्थानहरूमा निर्वाचन हुने छ।
प्रतिक्रिया दिनुहोस