काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो चार बजे मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ।
बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे समेत छलफल हुनसक्ने स्रोतले जानकारी दिएको छ।
एक मन्त्रीले भने, 'बैठकका एजेन्डा स्पष्ट भइसकेका छैनन्, तर कुलमानबारे उठिरहेका प्रश्नमा केही कुरा हुन सक्छ।'
प्रतिक्रिया दिनुहोस