काठमाडौं – बिहीबार दिउँसो ४ बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक स्थगित गर्ने निर्णय अन्तिम समयमा लिइएको हो।
सचिवालयका एक सदस्यले बैठक स्थगित भएको र नयाँ मिति तय नभएको जानकारी दिएका छन्। नियमित बैठक भए पनि एजेन्डाबारे जानकारी खुलाइएको थिएन।
प्रतिक्रिया दिनुहोस