८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाण्डौको फोहोर व्यवस्थापनमा दिगो समाधानको अभियान: अवरोधका बाबजुद मेयर बालेन शाहको प्रतिवद्धता

मेयर बालेन शाहले काठमाण्डौको फोहोर व्यवस्थापनमा इन्दोरको नमूना अपनाएर दिगो समाधानको योजना अघि बढाइएको बताएका छन्।



Balen
  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ६२
  • मेयर बालेन शाहले काठमाण्डौको फोहोर व्यवस्थापनमा इन्दोरको नमूना अपनाएर दिगो समाधानको योजना अघि बढाइएको बताएका छन्।

    उनले चुनावअघि गरेका प्रतिबद्धता अनुसार कानूनी संरचना र नयाँ मोडल लागू गर्ने प्रयासमा नेपवेस्ट कम्पनीले बारम्बार अवरोध पुर्याएको आरोप लगाए।

    शाहका अनुसार, संघीय सरकार र छिमेकी नगरपालिकाको असहयोगले समस्या थपिएको छ, तर अदालतको आदेशपछि महानगरले अधिकार पुनः प्राप्त गर्दै व्यवस्थापनमा केही प्रगति गरेको छ।

    शाहले काठमाण्डौवासीको अधिकार र सिस्डोल, बञ्चरे डाँडाका पीडितहरूको न्यायको लागि अब अवरोध आए पनि कुनै सम्झौता नगरी अघि बढ्ने प्रतिवद्धता जनाए।