काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी समस्याको उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका छन्।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान भर्ना गरिएको हो।
उपचारका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको अस्पताल प्रशासनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस