३० साउन २०८३ शनिबार | 15 Aug 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

धरानका मेयर साम्पाङको विवादास्पद शैली, भन्छन् जनतालाई यस्तै मनपर्छ

साम्पाङले भने, "म त अझ धारिलो बन्ने हो। मीठो बोलेर भ्रष्टाचार गर्नुभन्दा सत्य बोल्न मनपर्छ। जनतालाई पनि यस्तै मनपर्छ।"



Harka Sampang
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २२२
  • धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नेतृत्व शैलीको बचाउ गर्दै बिहीबार पत्रकार सम्मेलन आयोजना गरे। खोज पत्रकारिता केन्द्रले हालसालै सार्वजनिक गरेको रिपोर्ट 'हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान' सम्बन्धी प्रश्नको जवाफ दिन उनले पत्रकार सम्मेलन राखेका थिए।

    पत्रकारले मेयर साम्पाङलाई "तपाईंको शैली परिवर्तन गर्नुपर्ने सुझाव आएको छ" भन्दै प्रश्न गर्दा उनले कटाक्षपूर्ण जवाफ दिए। साम्पाङले भने, "म त अझ धारिलो बन्ने हो। मीठो बोलेर भ्रष्टाचार गर्नुभन्दा सत्य बोल्न मनपर्छ। जनतालाई पनि यस्तै मनपर्छ।"

    उनले थपे, "धराने जनताले पिरो मेयर चुने। मुख पोलिरहेको छ, तर जनताको रोजाइ यस्तै हो। मन नपरे ठिक छ, जबरजस्ती गर्दिनँ।"

    बेलायत भ्रमणका क्रममा उपमेयर अईन्द्रबिक्रम बेघालाई कार्यवाहक नदिइ वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई जिम्मेवारी दिएको विषयमा पनि प्रश्न उठ्दा साम्पाङले तीव्र प्रतिक्रिया दिए।

    "उपमेयरले मलाई शुभयात्रा पनि भनेनन्। यस्तो स्थितिमा कार्यवाहक दिनुपर्छ र?" साम्पाङले प्रश्न गरे। "ऐन त हामी निर्वाचित जनप्रतिनिधिले बनाउँछौं। सबै कुरा ऐनको भरमा हुँदैन।"

    स्थानीय सरकार सञ्चालन ऐनअनुसार मेयरको अनुपस्थितिमा उपमेयरलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने व्यवस्था छ। तर, मेयर साम्पाङको निर्णयले स्थानीय तहमा विवाद चर्किएको छ।