काठमाडौं, २३ मंसिर - अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आएका छन्।
दक्षिण र मध्य एसियाली मामिला हेर्ने लु काठमाडौंमा नेपाल सरकारका नेतृत्व कर्ताहरूसँग भेटवार्ता र नागरिक समाजका प्रतिनिधिहरूसँग संवाद गर्ने कार्यक्रम छ।
उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई थप मजबुत बनाउनुका साथै वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण, र दिगो विकासका क्षेत्रमा सहकार्यलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
तीन दशकभन्दा बढी अनुभव भएका लु यसअघि अल्बानिया र किर्गिजस्तानमा अमेरिकी राजदूतका रूपमा कार्यरत थिए। नेपालमा यो उनको चौथो भ्रमण हो।
प्रतिक्रिया दिनुहोस