२३ मंसिर, झापा- प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन्।
गत असारमा प्रधानमन्त्री बनेपछि यो उनको पहिलो झापा भ्रमण हो। चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका नेताहरूले उनलाई स्वागत गरेका थिए।
आज ओलीले मेचीनगरको मानवसेवा आश्रम र दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गरेका छन्। भोलि उनले बेलडाँगी खानेपानी आयोजना उद्घाटन, महारानीझोडामा जग्गाधनी पुर्जा वितरण, र गौरादहमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्नेछन्।
झापाको सिटीसेन्टरमा एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ।
प्रतिक्रिया दिनुहोस