काठमाडौँ — सहकारी ठगी आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतले थप ४ दिनको म्याद दिएको छ।
आइतबार भएको सुनुवाइमा प्रहरीले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो। तर अदालतले अनुसन्धानका लागि ४ दिनमात्र म्याद थप गरेको हो।
लामिछानेलाई कार्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो। त्यसयता उनी विरुद्ध पटक–पटक हिरासत म्याद थप हुँदै आएको छ। सहकारी ठगी सम्बन्धी मुद्दामा उनीमाथि चितवन, बुटवल, काठमाडौँ र पर्सा जिल्लाबाट पनि पक्राउ पुर्जी जारी भएको छ।
प्रहरीले ठगी प्रकरणमा लामिछानेको संलग्नता रहेको आरोपमा अनुसन्धानलाई अघि बढाइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस