काठमाडौँ – नेपाली कांग्रेसले चीनको "बेल्ट एन्ड रोड इनिसिएटिभ" (बीआरआई) अन्तर्गतको परियोजनामा अनुदान मात्र स्वीकार्नुपर्ने अडान दोह्रयाएको छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बीआरआई सहमतिमा अनुदानका योजना मात्रै अघि बढाउनुपर्ने पहिलाको धारणा यथावत् रहेको निष्कर्ष निकालेको हो।
बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआई परियोजनामा एड फाइनान्सिङको व्यवस्था भएको भन्दै, अनुदानबाट परियोजना सञ्चालन गर्न सकिने बताए। उनले नेपालले कुनै पनि शर्तसहितको ऋण स्वीकार्न नसक्ने स्पष्ट पारे।
महतले पोखरा विमानस्थल ऋणमा निर्माण भएपनि त्यसबाट अपेक्षित लाभ लिन नसकिएको उदाहरण दिँदै, सरकारले शर्तसहितका ऋणले देशलाई फाइदा नहुने तर्क गरेका छन्। कांग्रेसले अनुदानमा आधारित परियोजनामात्र अघि बढाउनुपर्नेमा जोड दिएको छ।
प्रतिक्रिया दिनुहोस