८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बीआरआई नेपालको हितमा छ: अध्यक्ष प्रचण्ड

प्रचण्डले चिनियाँ विकास परियोजना बीआरआई नेपालका लागि लाभदायक रहेको बताएका छन्।



Pushpa Kamal Dahal
  • Sangeeta Gurung
  • २ हप्ता अघि
  • पाठक संख्या ३५
  • काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको प्राथमिकता सरकार परिवर्तन नभई जनताको विकास आकाङ्क्षा पूरा गर्नेतर्फ रहेको बताएका छन्।

    मंगलबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले सरकारको काममा निगरानी राख्ने तर ध्यान जनतालाई परिचालन गर्नेतर्फ केन्द्रित रहेको बताए। “हाम्रो ध्यान सरकारतिर होइन, जनतातिर छ। जनताको विकास चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेमा हाम्रो मुख्य फोकस छ,” उनले भने।

    फरक प्रसङ्गमा अध्यक्ष दाहालले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालका लागि लाभदायक रहेको बताएका छन्।

    चीन र अमेरिकाबीचको प्रतिस्पर्धा उल्लेख गर्दै उनले इन्डो प्यासिफिक स्ट्राटेजी (आइपिएस) र बीआरआईका विषयमा अन्तर्राष्ट्रिय चासो हुनु स्वाभाविक भएको धारणा राखे। “दुई प्रमुख शक्तिहरू प्रतिस्पर्धामा रहेका बेला उनीहरूका रणनीतिहरूको अन्तरक्रिया स्वाभाविक हो,” प्रचण्डले थपे।

    उनका अनुसार, नेपालले विकास र समृद्धिका लागि लाभ लिन यी परियोजनाहरू प्रति स्पष्ट नीति बनाउनु आवश्यक छ।