८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीद्वारा प्रमुख सूचना आयुक्त आचार्यलाई शपथ ग्रहण

नव नियुक्त प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।



  • Sangeeta Gurung
  • २ हप्ता अघि
  • पाठक संख्या ३९
  • काठमाडौं — नव नियुक्त प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवासमा आयोजित समारोहमा आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

    त्यसपछि प्रमुख आयुक्त आचार्यले प्रधानमन्त्रीको उपस्थितिमा नव नियुक्त आयुक्तद्वय गगन बिस्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए।

    शपथ ग्रहण कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संविधानले मौलिक हकको रूपमा सुनिश्चित गरेको सूचनाको हकलाई कार्यान्वयन र उपयोगका लागि आयोगले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए।

    प्रधानमन्त्री ओलीले सरकारको कामलाई अलमल पार्ने गरी सम्बन्धित व्यक्तिबाट जानकारी माग्नेलाई प्रोत्साहन गर्नु नहुने र सूचनाको हकको नाममा अराजकता फैलाउन नदिनु पर्नेमा जोड दिए।

    समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थिति रहेको थियो।

    मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यलाई प्रमुख आयुक्त र बिस्ट तथा भण्डारीलाई सूचना आयोगका आयुक्तमा नियुक्त गरेको थियो।