८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मध्यमवर्गको सशक्तीकरणले अर्थतन्त्र बलियो बनाउँछ: प्रचण्ड

प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि उद्योगी तथा व्यवसायीहरूलाई अग्रसर हुन आह्वान गरेका छन्।



Pushpa Kamal Dahal
  • Sangeeta Gurung
  • २ हप्ता अघि
  • पाठक संख्या ६४
  • चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि उद्योगी तथा व्यवसायीहरूलाई अग्रसर हुन आह्वान गरेका छन्।

    बिहीबार चितवनको भरतपुरमा नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधारणसभाको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रचण्डले देशको अर्थतन्त्रलाई मजबुत बनाउन मध्यमवर्गलाई आर्थिक रूपले सक्षम बनाउनु आवश्यक रहेको बताए।

    ‘हाम्रो अर्थतन्त्र दिन प्रतिदिन आयातमा निर्भर बन्दै गएको छ,’ प्रचण्डले भने, ‘पहिले खाद्यान्नमा आत्मनिर्भर मात्रै नभएर निर्यात गर्ने देश अहिले आयातमा निर्भर बन्न पुगेको छ। यस्तो अवस्थामा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सामूहिक प्रयास अपरिहार्य छ।’

    पूर्वप्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको १८ महिने सरकारका दौरान सुशासन, सामाजिक न्याय, र आर्थिक समृद्धिका लागि प्रयासरत रहेको उल्लेख गरे। साथै, उनले आत्मनिर्भर अर्थतन्त्रको जगेर्नाका लागि निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।