८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओली: शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न सकेका छैनन्

केपी शर्मा ओली भन्छन सयौँ वर्षदेखि समृद्धि हासिल गरेका देशहरू पनि गरिब जनताको अवस्था सुधार गर्न असफल भएका छन्



KP Oli
  • Sangeeta Gurung
  • १ हप्ता अघि
  • पाठक संख्या ७४
  • काठमाडौं – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वका शक्तिशाली देशहरूले गरिबी निवारणमा असफल भएको टिप्पणी गरेका छन्।

    आइतबार च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशाला’मा बोल्दै उनले विकसित राष्ट्रहरूले आफ्ना नागरिकलाई गरिबीबाट मुक्त गराउन नसकेको बताए।

    'सयौँ वर्षदेखि समृद्धि हासिल गरेका देशहरू पनि गरिब जनताको अवस्था सुधार गर्न असफल भएका छन्,' उनले भने।

    प्रधानमन्त्री ओलीले चीनको उदाहरण दिंदै भने, 'चिनियाँ कम्युनिस्ट पार्टीले कुनै पनि चुनौतीको सामना गर्दै देशलाई विकासको मार्गमा अघि बढाएको छ। यस्तो दृष्टान्तबाट हामीले सिक्नुपर्छ।'

    उनले कम्युनिस्ट पार्टी मात्र जनताको वास्तविक आवश्यकता पूरा गर्न सक्षम रहेको दाबी गरे।