काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको मुख्य उद्देश्य राजनीति गर्नु नभई देश निर्माण गर्नु भएको बताएका छन्।
आइतवार, च्यासलमा आयोजित कार्यशालामा उनले भने, “यो पार्टी राजनीति गर्नका लागि बनेको होइन, देश बनाउनका लागि बनेको हो।”
उनले पार्टीको आरम्भदेखि नै सकारात्मक परिवर्तन ल्याउने उद्देश्यमा लागिपरेको बताए। जनताले अधिकार सम्पन्न भएर सजिलै जीवन यापन गर्न सक्ने गरी काम गर्न नेता र कार्यकर्तालाई निर्देशन दिए।
जनतालाई बाँच्नका लागि खान, लाउन र बस्न पाउनुपर्छ,” ओलीले भने, “गरिबी निवारण गर्दै अधिकार सम्पन्न बनाउनु पर्छ।
प्रतिक्रिया दिनुहोस