८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एमालेको केन्द्रीय सचिवालय बैठक पुस १० गते बस्ने

नेकपा एमालेले पुस १० गतेका लागि केन्द्रीय सचिवालय बैठक बोलाएको छ।



UML
  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ४९
  • काठमाडौं- नेकपा एमालेले पुस १० गतेका लागि केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

    बैठक ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।

    गौतमका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, त्यसको कार्यसूची तय गर्ने र संगठन विभागको विस्तार योजनाबारे छलफल हुनेछ।

    बैठकमा पार्टीका भावी गतिविधि र रणनीतिबारे पनि महत्त्वपूर्ण निर्णय लिइने अपेक्षा गरिएको छ।