२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछाने सहकारी अपचलन मुद्दामा बुटवल अदालतमा हाजिर

बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालतमा हाजिर हुन उनी मंगलबार बुटवल गएका हुन्।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १०८
  • बुटवल, माघ ८ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बुटवल पुगेका छन्। बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालतमा हाजिर हुन उनी मंगलबार बुटवल गएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्ध एयरको विमानमार्फत उनी दिउँसो बुटवल पुगेका हुन्।

    रास्वपाका स्रोतका अनुसार लामिछाने भोलि (बुधबार) अदालतमा हाजिर हुनेछन्। यसअघि, उनी पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा जिल्ला अदालत कास्कीमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। त्यसपछि, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दामा काठमाडौं जिल्ला अदालतमा बयान दिएका थिए, जहाँ पनि उनले ६० लाख रुपैयाँ धरौटी बुझाएका थिए।

    धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। कास्कीमा अनुसन्धान भइरहँदा रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि, २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर उनले बयान दिएका थिए।