१२ फागुन २०८२ मंगलबार | 24 Feb 2026 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

महोत्तरीमा १९ वर्षीया महिलाको विभत्स हत्या

महोत्तरीमा एक महिलाको विभत्स हत्या भएको छ।



  • क्वालिटी खबर
  • १ बर्ष अघि
  • पाठक संख्या १७९
  • जनकपुरधाम, माघ २० - महोत्तरीमा एक महिलाको विभत्स हत्या भएको छ। गौशाला नगरपालिका–८ निवासी अभिषेक यादवकी १९ वर्षीया श्रीमती खुश्बु यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।

    खुश्बुको शव गौशाला नगरपालिका–५ स्थित विद्युत् प्राधिकरण कार्यालयबाट करिब ५०० मिटर उत्तरतर्फको खेतमा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले जानकारी दिएका छन्।

    राति घरबाट निस्किएकी खुश्बु आज बिहान मृत अवस्थामा भेटिएकी हुन्। उनको शरीरमा धारिलो हतियार प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।

    घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।