१३ बैशाख २०८३ आईतबार | 26 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

फुर्तिला,मिजासिला राजदूत कुवेतमा उहाँको उपस्थिति निकै प्रशंसा योग्य



  • सिमोन भट्टराई
  • १ बर्ष अघि
  • पाठक संख्या ७५४
  • कुवेत - नेपाली दूतावास कुवेतमा घनश्याम लम्सालले कार्यकाल सम्हालेको लगभग लगभग एक वर्ष जति हुन लागिसक्यो। कुवेतमा पछिल्लो समय दूतावासकै डाटा अनुसार १ लाख ५० हजार जति नेपाली कार्यरत छन् भन्ने कुरो राजदूतकै मुखबाट बारम्बार सुन्ने गरेका छौं । नयाँ राजदूत भएर कुवेत आएपछि कुवेतमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा एउटा नयाँ आशा पलाएको थियो। तर त्यो आशा आशामै रहिरहेको छ ।कुवेतमा हुने हरेक हप्ता  कार्यक्रममा राजदूत सरिक भएर रिबन काट्ने दिप प्रज्वलन गर्ने काममा 
    व्यस्त देखिन्छ। कुवेतमा रहेको श्रमिकको समस्यामा  भने केही सुधार भएकाे छैन।श्रमिकले  कल गर्यो भने हटलाइनमा फोन उठ्न पनि समय निकै लाग्छ र फोन उठिहाले भने पनि सही जवाफ कहिले पनि पाइँदैन।तर कुवेतमा हुने हरेक कार्यक्रममा भने राजदुत  समय दिएको नै देखिन्छ। कुवेतमा क्लिनिङ कम्पनी तथा सेक्युरिटी कम्पनीमा विभिन्न समस्या छ। तर राजदूतावासको ठोस भूमिका भने  खासै केही पनि देखिएको  छैन। समस्या परेर दूतावास जाँदा समेत कानमा तेल हालेर  बसेका श्रम सहचारीले यो समस्या भने  राजदूतलाई राजदूत समक्ष लिएर जादैन श्रमिकलाई भेटघाट गर्ने महामहिम राजदूतको चलन भने बिल्कुलै छैन।तर उनको उठबस पनि कुवेतमा आफूलाई टाठाबाठा सङ  भन्ने नेपालीसँग भने उनको उठबस निकै नै छ।निरम प्रोडक्सन कुवेतले आयोजना गरेको कार्यक्रममा सामान्य कलाकार लिन समेत एयरपोर्ट पुगे। महामहिम राजदूतले   आफ्नो पदिय  मर्यादा समेत बिर्सेछन् कि के ।   तिर्सना गुरुङ र गायक हिमाल सागरलाई लिन कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे।

    मेरो जानकारीमा नभएको हो कि उहाँको उपस्थिति न्यून रहेको हो आवाज बिन श्रमिकहरूसँगको उहाँको संवाद र उपस्थिति कहिले पनि देख्न पाइएको छैन आउँदा दिनहरूमा यहाँको उपस्थिति त्यो छेत्रमा पनि देख्न पाइयोस् शुभकामना।