८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

डिजिटल अपराध रोक्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले परिपूर्ण लोकतन्त्र (डेमोक्रेसी) आवश्यक रहेको बताएका हुन्।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १२५
  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक अधिकारमा कुनै पनि प्रकारको सम्झौता नहुने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले परिपूर्ण लोकतन्त्र (डेमोक्रेसी) आवश्यक रहेको बताएका हुन्।

    प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तन मात्र पर्याप्त नहुने भन्दै जनताको वास्तविक सुख र समृद्धिका लागि परिपूर्ण लोकतन्त्र अपरिहार्य रहेको बताए। उनले भने, "मानिस अभाव र भोकमरीमा छ भने अन्य कुराले मात्र उसलाई सुखी बनाउन सक्दैन। परिपूर्ण डेमोक्रेसी चाहिन्छ, जसले सामाजिक जीवन उन्नत र सम्पन्न बनाओस्।"

    उनले विज्ञान र प्रविधिले मानव जीवन सहज बनाए पनि यसको दुरुपयोगबाट अपराध बढ्ने खतरा रहेको उल्लेख गरे। उनले समाजलाई समृद्ध बनाउनका लागि राम्रा अभ्यासलाई निरन्तरता दिनुपर्ने भन्दै बेथिति अन्त्य गर्नुपर्नेमा जोड दिए।

    सामाजिक सञ्जालको नियमनबारे बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल प्रयोगकर्ताका अधिकार एक सेन्टिमिटर पनि तलमाथि नहुने स्पष्ट पारे। "असामाजिक क्रियाकलाप रोक्नुपर्छ, यसलाई विरोधका लागि विरोध गर्न मिल्दैन," उनले भने।

    प्रधानमन्त्री ओलीले समाजमा डिजिटल माध्यमको प्रयोग व्यापक भइसकेको भन्दै डिजिटल अपराध नियन्त्रण गर्न आवश्यक कदम चालिने बताए। साथै, सरकार सामाजिक व्यवस्थालाई थप व्यवस्थित बनाउन डिजिटल प्रविधिको सही प्रयोगमा ध्यान केन्द्रित गरिरहेको उल्लेख गरे।