१३ बैशाख २०८३ आईतबार | 26 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौँको एउटा ट्रकमा २५ करोड फेला

काठमाडौँको झोर महाकाल क्षेत्रमा एउटा ट्रकबाट करिब २५ करोड नगद प्रहरीले बरामद गरेको छ।



  • क्वालिटी खबर
  • १ बर्ष अघि
  • पाठक संख्या २४७
  • काठमाडौं, चैत्र ५ - काठमाडौँको झोर महाकाल क्षेत्रमा एउटा ट्रकबाट करिब २५ करोड नगद प्रहरीले बरामद गरेको छ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उक्त रकमसहित दुई जनालाई पक्राउ गरेको हो। नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित उनिहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जनकारी दिएका छन्।

    अनुमानित २५ करोड रुपैयाँ रहेको भनिए पनि यकिन नभयको गन्ने काम भइरहेको र प्रारम्भिक अनुसन्धानपछि घटनाबारे विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले जनाएको छ।