८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गणतन्त्रको पक्षमा एमालेको देशव्यापी जनचेतना अभियान

एमाले ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनचेतना फैलाउने अभियान सञ्चालन गर्ने भएको छ।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ९५
  • काठमाडौं, चैत्र ११ - सत्तारूढ दल नेकपा (एमाले) ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनचेतना फैलाउने अभियान सञ्चालन गर्ने भएको छ।

    राजावादीहरूद्वारा फैलाइएका भ्रम चिर्न तथा गणतन्त्रको पक्षमा जनतालाई सचेत गराउन एमालेले देशव्यापी कार्यक्रमको घोषणा गरेको हो।

    एमाले सचिव योगेश भट्टराई का अनुसार चैत ११ गते सोमबार देशभरका ६,७४३ वडामा एकैसाथ सचेतना कार्यक्रम हुनेछ। पार्टी सचिवालयको निर्णयअनुसार वडास्तरमा सभा, गोष्ठी र प्रदर्शन लगायतका गतिविधि सञ्चालन गरिनेछ।

    यस्तै, चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गरिनेछ। सोही दिन ७७ वटै जिल्लामा जिल्लास्तरीय जागरण सभा हुनेछ।

    चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने एमालेको तयारी छ। बागमती प्रदेशमा भने कार्यक्रम पछि तय गरिने बताइएको छ।