८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सबै शक्ति प्रयोग गरेर कुलमनलाई हाटाएरै छाडे...

सरकारको यस निर्णयसँगै कुलमान घिसिङको कार्यकाल औपचारिक रूपमा टुंगिएको छ।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १०९
  • काठमाडौँ, चैत्र ११ - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाउने निर्णय गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार, मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चार बुँदे आरोप लगाउँदै ७२ घण्टे स्पष्टीकरण सोधेको थियो।

    उर्जा मन्त्रालयका सचिव सुरेश आचार्यमार्फत उनलाई सोधिएको स्पष्टीकरणको जवाफ आएपछि सरकारले उनलाई हटाउने निर्णय लिएको हो।

    सरकारले कुलमानमाथि भारतसँग विद्युत खरिद सम्झौतामा मूल्य बढाएर सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि समयमा विवरण नबुझाएको, मूल्यांकनमा शून्य अंक प्राप्त गरेको र प्राधिकरणको नाफा ‘फेक’ देखाएर प्रचार गरेको जस्ता आरोप लगाएको थियो।

    स्पष्टीकरणका क्रममा कुलमानले आफूविरुद्ध कुनै कारबाही हुन नपर्ने जिकिर गर्दै सात बुँदे जवाफ दिएका थिए। उनले सरकारको निर्णयलाई पूर्वाग्रही भन्दै असन्तुष्टि पनि जनाएका छन्। सरकारको यस निर्णयसँगै कुलमान घिसिङको कार्यकाल औपचारिक रूपमा टुंगिएको छ।