३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हर्क साम्पाङसहित तीन जनाविरुद्ध उजुरी

धरान उपमहानगरपालिका वडा नम्बर ११ मा सडक र ड्रेन निर्माणका विषयमा उत्पन्न विवाद मिलाउन पुगेका नगर प्रमुख हर्क साम्पाङविरुद्ध उजुरी परेको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २९४
  • धरान, वैशाख १० — धरान उपमहानगरपालिका वडा नम्बर ११ मा सडक र ड्रेन निर्माणका विषयमा उत्पन्न विवाद मिलाउन पुगेका नगर प्रमुख हर्क साम्पाङविरुद्ध उजुरी परेको छ।

    नगरकोट टोल विकास संस्थाका अध्यक्ष तथा माओवादी कार्यकर्ता सन्तोष लिम्बुले साम्पाङसहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी दिएका हुन्।

    सोमबार नगर प्रमुख साम्पाङ र वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागोको उपस्थितिमा निर्माणस्थलमा भनाभन भएको थियो। त्यस क्रममा ‘चङ्खे’ उपनामले चिनिने जोन लिम्बूले लिम्बूमाथि हातपात प्रयास गरेका थिए। लिम्बूले उक्त घटनामा साम्पाङ, फागो र जोन लिम्बूविरुद्ध अभद्र व्यवहारको कसुरमा उजुरी दिएका हुन्।

    लिम्बूको भनाइमा, प्रदेश सरकारले विनियोजन गरेको २० लाख बजेटबाट मास्तिरको क्षेत्रमा मात्रै काम गर्न लागिएको विषयमा असन्तुष्टि जनाउँदै उनीहरू विवाद मिलाउन गएका थिए। तर, साम्पाङ विवाद मिलाउने सट्टा उल्टै आक्रोशित हुँदै आफूलाई हैसियत सोध्दै झोक्किएका थिए। त्यसपछि उनका समर्थकले आक्रमण प्रयास गरेको लिम्बूको आरोप छ।

    साम्पाङ भने उक्त घटनाबारे मौन बसेको बताइएको छ। लिम्बूले इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिँदै दोषीमाथि कारबाहीको माग गरेका छन्।

    ड्रेन निर्माण कार्य कोशी प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालय मातहतको पूर्वाधार कार्यालयले ठेक्का लगाएर गरिरहेको हो। उक्त बजेट लिम्बूकै पहलमा वडामा आएको बताइएको छ।