काठमाडौं, वैशाख १५ - निर्वाचन आयोगमा दल दर्ता प्रयोजनका लागि नेपाल कम्युनिस्ट पार्टीले आवश्यक तयारी अन्तिम चरणमा पुर्याएको छ।
पार्टीको विधान, नियमावली र घोषणापत्र तयार भइसकेको र यसको अन्तिम प्रक्रिया टुंग्याउन आगामी केन्द्रीय समितिको बैठकले थप निर्णय गर्ने निर्वाचन व्यवस्थापन समिति प्रमुख सुशील सीले जानकारी दिएका छन्।
यसै प्रयोजनका लागि नेकपाका महासचिव विप्लव सीले निर्वाचन आयोग, काठमाडौं पुगेर मतदाता नामावली दर्ता गरेका छन्।
पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक कागजातहरू तयार गरिसकेको र चाँडै नै दल दर्ताको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस