७ जेठ २०८३ बिहिबार | 21 May 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अब अनलाइन कारोबार गर्दा १० रुपैयाँ मात्र काट्ने, सरकारले हटायो कर

अब QR कोड, मोबाइल बैंकिङ, वा POS मेसिनमार्फत कारोबार गर्दा रु ११.३ होइन, सिर्फ रु १० मात्र काट्ने भएको छ।



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या २६७
  • काठमाडौं, जेठ १६ - नेपाल सरकारले विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्न आज (जेठ १७ गते) देखि इलेक्ट्रोनिक पेमेन्टहरूमा लाग्ने मूल्य अभिवृद्धि कर (VAT) पूर्ण रूपमा हटाएको छ।

    यसअघि QR कोड, मोबाइल बैंकिङ, वा POS मेसिनमार्फत कारोबार गर्दा १३% VAT समेत तिर्नुपर्थ्यो, जसले रु १० को सामान किन्दा कुल रकम रु ११.३० पथ्र्यो। अब भने उपभोक्ताहरूले सामान वा सेवाको वास्तविक मूल्य मात्रै तिर्ने छन् । कुनै अतिरिक्त कर लाग्ने छैन।

    सरकारको यो कदम डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले लिइएको हो, जसले नगदरहित अर्थतन्त्रतर्फको यात्रालाई थप बल पुर्‍याउने विश्वास गरिएको छ।