२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रतिनिधिसभाबाट रास्वपाका सांसद बाहिरिए, सत्ता पक्षको अभिव्यक्तिपछि विरोधस्वरूप बहिष्कार

पक्षका सांसदहरू बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू विरोधस्वरूप सभाकक्षबाट बाहिरिएका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २४८
  • काठमाडौं, असार ८ – प्रतिनिधिसभामा सत्ता पक्षका सांसदहरू बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू विरोधस्वरूप सभाकक्षबाट बाहिरिएका छन्।

    संसद् बैठकमा भिजिट भिसा प्रकरणको छानबिन माग गर्दै निरन्तर आन्दोलनरत रास्वपाका सांसदहरू आज पनि विरोधका कार्यक्रमसहित उपस्थित भएका थिए। तर, जब कांग्रेस र एमालेका सांसदहरूले बोल्न थाले, उनीहरू तत्कालै सभाकक्षबाट निस्किएका हुन्।

    शनिबारको बैठकमा पनि रास्वपाले यस्तै व्यवहार दोहोर्‍याएको थियो। रास्वपाका प्रवक्ता मनिष झाले सत्तापक्षमा रहेको दुई तिहाइको "दम्भ" नसहेर सांसदहरूले बहिष्कार गरेको बताएका छन्।

    २६ दिनदेखि भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै आन्दोलनरत रास्वपाले संसद्मा निरन्तर अवरोध गरिरहेको छ। तर, सभामुख देवराज घिमिरेले रास्वपाको अवरोधलाई वेवास्ता गर्दै सदनको नियमित कामकारबाही चलाइरहेका छन्।

    प्रतिपक्षी दलका सांसदहरूले अभिव्यक्ति दिने क्रममा वेलमा उभिएर सुन्ने रास्वपा सांसदहरू सत्ता पक्षका सांसदहरूको पालो आउनासाथ बाहिरिनुका पछाडि उनीहरूको असन्तुष्टि झनै चर्किएको देखिन्छ।