२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सिकागोको नाइटक्लब बाहिर गोलीकाण्ड : चारको मृत्यु, १४ घाइते

एक नाइटक्लब बाहिर भीषण गोलीकाण्ड हुँदा कम्तीमा चार जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।



  • एजेन्सीको सहयोगमा
  • ३ महिना अघि
  • पाठक संख्या १४५
  • अमेरिका, असार २० – अमेरिकाको शिकागोस्थित एक नाइटक्लब बाहिर भीषण गोलीकाण्ड हुँदा कम्तीमा चार जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।

    शिकागो प्रहरीले दिएको जानकारीअनुसार, बुधबार राति ११ बजे स्थानीय समयअनुसार एक गाढा रङको कारमा आएका बन्दुकधारीहरूले नाइटक्लब बाहिर भीडमाथि जथाभावी गोली चलाएका थिए।

    घटनास्थलमा त्यही बेला नाइटक्लबबाट मानिसहरू बाहिर निस्किरहेका थिए। बीबीसीसँग सम्बद्ध अमेरिकी सञ्चार संस्था सीबीएस न्यूजका अनुसार उक्त क्लबमा र्‍यापर मेलो बक्जको एल्बम रिलिज पार्टी चलिरहेको थियो।

    गोली प्रहारपछि कार तुरुन्तै घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ। हालसम्म कसैलाई पक्राउ गर्न सकिएको छैन।

    प्रहरीका अनुसार, मृत्यु हुनेहरूमा २४ र २५ वर्षका दुई पुरुष र २६ र २७ वर्षका दुई महिला छन्। घाइते भएकामध्ये कम्तीमा चार जनाको अवस्था गम्भीर रहेको छ र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

    प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ भने मृतक र घाइतेहरूको पहिचान खुलाइएको छैन।